काठमाडौं - नविल बैंकले फोन लोनको कर्जा नतिर्ने ७४ ऋणीको नाम सार्वजनिक गरेको छ।
बैंकले यी ऋणीहरूलाई पटक-पटक मौखिक र लिखित रूपमा कर्जा भुक्तानी गर्न अनुरोध गरेको थियो, तर उनीहरूले समयमै ऋण नतिरेको कारण बैंकले तिनीहरूको नाम सार्वजनिक गरेको हो।
यी ऋणीहरूले लोनको मूलधन र ब्याज नतिरेको र बारम्बारको अनुरोधको बाबजुद पनि बैंकसँग सम्पर्क नगरेको कारण ३५ दिनभित्र ऋण चुक्ता गर्न बैंकले आग्रह गरेको छ। यदि ३५ दिनभित्र कर्जा नतिरे ऋणीहरूको नाम कर्जा सूचना केन्द्रको खराब सूचीमा सुचीकृत गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया