इसेवा मार्फत टेलिकमको रिचार्ज गर्दा न्यूनतम ५० रुपैयाँ अनिवार्य

विहीबार, १५ फागुन २०८१, १२ : ०५

काठमाडौं - अब इसेवा मार्फत नेपाल टेलिकमको रिचार्ज गर्दा न्यूनतम ५० रुपैयाँ अनिवार्य गरिएको छ।

इसेवाले एक विज्ञप्ति जारी गर्दै ग्राहकहरूले अब ५० रुपैयाँ वा सो भन्दा बढी रकम मात्र नेपाल टेलिकमका सेवाहरू रिचार्ज गर्न सक्ने जनाएको हो । 

इसेवाका अनुसार ग्राहकहरूले अब ५० रुपैयाँ वा सोभन्दा बढी रकम मात्र इसेवाबाट टेलिकमको मोबाइल, ल्याण्डलाइन, एफटीटीएच तथा अन्य सेवाहरूको रिचार्ज गर्न सक्नेछन्। 

esawa

विहीबार, १५ फागुन २०८१, १२ : ०५

प्रतिक्रिया