गरिमा बैंक प्रतिष्ठित 'द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सेलेन्स २०२४' बाट सम्मानित

विहीबार, १५ फागुन २०८१, १६ : १४

काठमाडौं - गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रमा प्रतिष्ठित ‘the HRM Awards for Corporate Excellence 2024’  बाट सम्मानित भएको छ ।

कर्पोरेट क्लब नेपालले वार्षिक रूपमा आयोजना गर्दै आएको यस अवार्ड समारोहमा यस वर्ष २२ वटा विभिन्न विधामा अवार्ड वितरण भएको थियो । यसमा यस विकास बैंकलाई ‘Corporate Excellence 2024 in Development Bank, Regional Bank and Finance Company’ विधामा उक्त अवार्डबाट सम्मानित गरिएको हो ।

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा २०८१ फागुन १३ गते मंगलबार द प्लाजा, ललितपुरमा आयोजना भएको उक्त अवार्डको जुरी मेम्बरमा प्रो.डा.फत्त बहादुर के.सी.(जुरी चिफ), सशिन जोशी (विभिन्न वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत रही हाल अध्यक्ष, फोनपे पेमेन्ट सोलुसन प्रा।लि।), सरिता अधिकारी (पूर्व डाईरेक्टर, नेपाल राष्ट्र बैंक) र दिल भुषण पाठक (वरिष्ठ पत्रकार) रहेकी थिइन् ।

यस उपाधिले आफ्ना ग्राहकहरूलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यलाई थप टेवा पुर्‍याएको बैंकले जनाएको छ । साथै आगामी दिनहरूमा थप गुणस्तरीय एवं ग्राहकमैत्री बैंकिङ सेवा प्रवाह गरी बैंकलाई थप सबल बनाउन उत्प्रेरित र उत्तरदायी बोध गराएको छ । 

यस खुसीको अवसरमा यस विकास बैंकलाई निरन्तर साथ, सहयोग एवं माया गर्नुहुने सम्पूर्ण ग्राहक सेयरधनी, सरोकारवालाहरू, नियमनकारी निकायहरू एवं शुभचिन्तकहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहेको जानकारी दिएको छ ।
 

विहीबार, १५ फागुन २०८१, १६ : १४

प्रतिक्रिया