बीवाइडीको ‘हाई-टेक विक’ अवलोकन गर्न पुगे चिनियाँ राजदूत

विहीबार, १५ फागुन २०८१, १६ : २९

काठमाडौं - चीनका राजदूत चेन सङले बीवाईडी हाई–टेक विक २०२५को अवलोकन गरेका छन् । बीवाईडी अटो ईन्डस्ट्रीको नेपालका आधिकारिक वितरक साइमेक्स इंक प्रा.ली ले बिहीबारदेखि बीवाईडी हाई–टेक विक २०२५ को सुरु गरेको हो ।

राजदूत सङ प्रदर्शनी स्थलमा पुगेर बीवाईडी हाई–टेक विकको बारेमा जानकारी लिनुका साथै विभिन्न अत्याधुनिक सवारी साधनको टेस्ट ड्राइभ पनि गरेका थिए। यस इभेन्टको प्रमुख आकर्षण बीवाईडीका अत्याधुनिक सवारी साधनहरू थिए, जसमा याङवाङ यु८, एफसीबी बाओ ५, डेन्जा जेड९जीटी, डेन्जा डी९, र बीवाईडी शार्क ६ प्रमुख रूपमा प्रस्तुत गरिएका थिए।

सो इभेन्टमा नेपालका लागि चिनियाँ दूतावासका कमर्सियल काउन्सिलर, बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका भाइस् जनरल म्यानेजर केत्सु झाङ, साइमेक्स इंक प्रालिका चेयरम्यान अनिल श्रेष्ठ, साइमेक्स इंक प्रालिकी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ र अन्य सञ्चारकर्मी र प्रतिनिधिहरूको उपस्थितिमा कार्यक्रम शुभारम्भ गरिएको थियो।

विहीबार, १५ फागुन २०८१, १६ : २९

प्रतिक्रिया