काठमाडौं - नेपाल सरकारले शुक्रवार सार्वजनिक बिदा दिएको छ । आज ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो ।
तसर्थ, यस दिन सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब सेयर बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ ।
तर, आज सार्वजनिक बिदा भए पनि अधिकांश विकास तथा वाणिज्य बैंकहरूले सेवा दिइरहेका छन् । बैंकहरूले पूर्ण रूपमा सेवा नदिए पनि केही शाखाहरू मार्फत सेवा दिइरहेका छन् ।
प्रतिक्रिया