काठमाडौं - स्कील सेवाको आयोजनामा नेपालमै पहिलो पटक राजधानीको बुद्ध नगरमा बिहीबारदेखि सुरु भएको राष्ट्रिय घर निर्माण फेस्ट २०८१ महोत्सवमा नेपाल इको प्यानलले पनि सहभागिता जनाएको छ ।
नयाँ घर निर्माण सहजीकरणको लागि आवश्यक सम्पूर्ण सेवाहरू एउटै छानामुनिबाट गर्ने र निर्माण सम्बन्धी मापदण्डहरूके विषयमा समेत छलफल गर्ने गरी सुरु भएको महोत्सवमा इको प्यानलले आफ्नो पनि स्टल राखेर सहभागिता जनाएको हो ।
नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले महोत्सवमा सहभागीहरूलाई आफूहरूको आधुनिक निर्माण सामाग्रीबारे जानकारी गराउन स्टल राखेको जानकारी गराए । नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशनको रूपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो ।
फेस्टमा निर्माण सम्बन्धी अत्याधुनिक प्रविधि देख्न पाइन्छ । साथै सबैभन्दा सस्तो मूल्यमा तयार हुने आरसिसि घरहरूको समेत विस्तृत जानकारी लिन सकिन्छ । ‘हरेक व्यक्तिको लागि आफू बस्ने घर भनेको जीवनको सबैभन्दा मूल्यवान् सम्पत्ति हो र यो सम्पत्तिलाई अधिकभन्दा अधिक भरपर्दी, सुरक्षित एवं दिगो बनाउनु नितान्त जरुरी छ, आयोजकले भनेको छ । महोत्सवले यही आवश्यकतालाई प्रभावकारी ढंगले परिपूर्ति गर्ने अपेक्षा लिएको आयोजक स्किल सेवाले जनाएको छ ।
घर निर्माण फेस्टमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, काठमाडौ उपत्यकाका नगरपालिकाहरू, वास्तुकलाविद्, उद्यमी, विद्यार्थी लगायताका 'अन्य इच्छुक महानुभाबहरुले एउटै छतमुनि घर निर्माण एवं विभिन्न ममत सम्भार सम्बन्धी महत्त्वपूर्ण पलवारे छल अन्तरक्रिया गर्नेछन् ।
फेस्टको मुख्य आकर्षणहरू
१) सस्तो घर, बलियो घर, जे गर्छु नेपालमै गर्छु, निर्माण सम्बन्धी मापदण्ड, र निमार्ण सम्बन्धी अत्याधुनिक प्रविधिको प्रयोग रहेको छ ।
२) यस्ता पक्षहरूमा घरको आधुनिक र पारम्परिक डिजाइन, खाली ठाउँ, बिजुली, हावा पासको उचित प्रयोग, गुणस्तरीय विचारहरूलाई प्रस्तुत गर्ने मात्रै होइन, त्यस्ता विचारबाट लगानी जुटाउने अवसर पनि प्रदान गरिनेछ ।
३) महोत्सवले जे गर्छौँ, नेपालमा गर्छौँ विचारलाई व्यवहारमा लागु गर्न मद्दत गर्नेछ ।
प्रतिक्रिया