काठमाडौं - बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ। राष्ट्र बैंकले आज फेरि बैंकिङ प्रणालीबाट एकै पटक २५ अर्ब रुपैयाँ तान्ने भएको छ ।
अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो। राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २१ दिनको लागि बोलकबोलको माध्यमबाट २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको हो । यसको साँवा ब्याज राष्ट्र बैंकले चैत १० गते भुक्तानी गर्ने जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
प्रतिक्रिया