कृषि विकास बैंकको सञ्चालकमा पोखरेल नियुक्त

आइतबार, १८ फागुन २०८१, ११ : ४०

काठमाडौं - कृषि विकास बैंक लिमिटेडको सञ्चालक पदमा सेवन्तक पोखरेल नियुक्त भएका छन् । नेपाल सरकारको मन्त्रीस्तरीय निर्णय अनुसार पोखरेललाई बैंकको सञ्चालक पदमा मनोनीत गरिएको हो।

उनले २०८१ फागुन १६ गते सम्पन्न कृषि विकास बैंकको सञ्चालक समिति बैठक नम्बर ११४९ मा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।पोखरेलको नियुक्तिसँगै बैंकको नेतृत्व थप मजबुत हुने विश्वास गरिएको छ। 

बैंकिङ तथा वित्तीय क्षेत्रमा उनको अनुभव र दक्षताले संस्थालाई अझ प्रभावकारी रूपमा अघि बढाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

आइतबार, १८ फागुन २०८१, ११ : ४०

प्रतिक्रिया