‘एमएडब्लु इभी कार्निभल’ सुरु, दिपल, नामी र सेरेस इभीको टेस्ट ड्राइभ एक्सचेन्ज गर्न सकिने

सोमबार, १९ फागुन २०८१, ०९ : १८

काठमाडौं– नेपालका लागि दिपल, नामी र सेरेस इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आईतबार देखि काठमाडौंको नक्सालस्थित अमरपाली बैंक्वेट लगायत देशभरका सोरुमहरुबाट इभी कार्निभल सुरु गरेको छ । बुधबारसम्म चल्ने नेपालकै ठूलो इभी कार्निभलमा ग्राहकहरुले दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ र एक्सचेन्ज गर्न सक्नेछन् ।

एमएडब्लु वृद्धि इभी कार्निभलमा ग्राहकले हरेक इभी मोडेलमा आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, फ्रि रोड ट्याक्स र अटोप्लस इन्स्योरेन्स पाउनेछन् । ग्राहकले टप ८ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट रिकन्डिसन भ्यालु पनि पाउने बताएको छ । यसका अलावा हरेक टेस्ट ड्राइभ र भ्यालुएसनमा पनि ग्राहकले उपहार पाउन सक्नेछन् । 

कार्निभलमा चांगानको अफरोड क्यापाबल र स्टाइलिस हन्टर पिकअप पनि डिस्प्लेमा राखिएको छ जसलाई मात्र १० प्रतिशत डाउनपेमेन्टमा घर लान सकिनेछ । साथै, हरेक दिन बुकिंग गर्नेमध्ये भाग्यशाली एक जोडीले नगरकोटस्थित कन्ट्रि भिल्लामा फ्रि नाइट स्टे पाउनेछन भने बम्पर उपहारमा बुकिंग गर्ने एक जनाले लक्की ड्रमार्फत आईफोन १६ प्रोम्याक्स पाउने बताइएको छ ।

यो मेलामा ग्राहकले भर्खरै सार्वजनिक भएको संसारकै पहिलो ट्रान्सफर्मर एसयुभीको अनुभव पनि गर्न सक्नेछन । जसमा एउटा सिंगल बटनमा एसयुभीबाट पिकअप ट्रकमा परिणत हुन्छ । साथै, यो कार्यक्रममा ग्राहकले दिपलको चर्चित मोडल एस०७, एस०७ एल, एल०७ का साथै नामी बक्स र सेरेस थ्रिको टेस्ट ड्राइभ गर्न सक्नेछन ।
 

सोमबार, १९ फागुन २०८१, ०९ : १८

प्रतिक्रिया