नेपाल बैंकले बोलायो वार्षिक साधारण सभा

सोमबार, १९ फागुन २०८१, ११ : ५४

काठमाडौं - नेपाल बैंक लिमिटेडले चैत ६ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। साधारण सभा नेपाल एपीएफ क्लब, हकचोक, काठमाडौंमा बिहान १०:३० बजे सुरु हुनेछ। 

यस वर्ष पनि सेयरधनीलाई लाभांश वितरण प्रस्ताव नगरी बैंकले साधारण सभा बोलाएको हो। साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान विवरण, नगद प्रवाह विवरण, साथै आर्थिक वर्ष २०८१\८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण लगायतका एजेन्डामा छलफल हुनेछ।

बैंकले फागुन २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, फागुन २१ गतेसम्म कायम सेयरधनीहरूले सभामा सहभागिता जनाउन सक्नेछन्। 
 

सोमबार, १९ फागुन २०८१, ११ : ५४

प्रतिक्रिया