नेपाल एसबिआई बैंक एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ बाट सम्मानित

मंगलबार, २० फागुन २०८१, ११ : २०

काठमाडौं- नेपाल एसबिआई बैंक लिमिटेड कर्पोरेट क्लब नेपाल प्रा. लिद्वारा प्रदान गरिने ‘वाणिज्य बैंक विधा’ तर्फको ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ बाट सम्मानित भएको छ ।

उक्त प्रतिष्ठित अवार्ड बैंकले नेपाली कर्पोरेट र सामाजिक क्षेत्रमा बर्षौदेखि गरेको महत्वपूर्ण योगदानका लागी प्रदान गरिएको हो । बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी र प्रमूख संचालन अधिकृत विकास आनन्दलाई प्रा.डा. फत्तबहादुर केसी मूख्य निर्णायकले स्टियरिङ कमिटी अफ द अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४का अध्यक्ष मोहनराज ओझाको उपस्थितिमा सो अवार्ड प्रदान गरेका थिए । उक्त कार्याक्रममा गृहमन्त्री रमेश लेखक समेतको उपस्थिति रहेको थियो ।

नेपाल एसबिआई बैंकले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् । 


 

मंगलबार, २० फागुन २०८१, ११ : २०

प्रतिक्रिया