काठमाडौं - नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अध्यक्ष पदमा पृथ्वी बहादुर पाँडे चयन भएका छन्। बैंकको मंगलबार बसेको सञ्चालक समितिको ६१७ औँ बैठकले पाँडेलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको हो।
यस अघि, फाल्गुन १५ गते सम्पन्न बैंकको ३८ औँ वार्षिक साधारण सभापछि भएको निर्वाचनमा संस्थापक समूहको तर्फबाट पाँडे सहित प्रजन्य राजभण्डारी, मदन कुमार आचार्य र दिपंकर शाक्य उदय निर्विरोध निर्वाचित भएका थिए।
त्यसैगरि, सर्वसाधारण सेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरूको निर्वाचनमा कवि कुमार टिबरेवाला र शालिक राम बेल्बासे निर्वाचित भएका छन्।
प्रतिक्रिया