काठमाडौं - नेपाल राष्ट्र बैंकले आगामी चैत ४ देखि १० गतेसम्म ग्लोबल मनी विक (जीएमडब्ल्यू) २०२५ मनाउने जनाएको छ। राष्ट्र बैंकका अनुसार मनी विकले वित्तीय ज्ञान, सीप र व्यवहारको विकास गर्ने उद्देश्य राखेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार, मनी विकले विशेष गरी युवामा वित्तीय साक्षरता र सीपहरू विकास गर्न सहयोग पुर्याउने छ। राष्ट्र बैंकले भनेको छ कि यस अभियानले वित्तीय जिम्मेवारीको महत्त्व र व्यवस्थापनको बारेमा साँचो जानकारी र सीपहरू प्रदान गर्नेछ।
उक्त अभियानले बालबालिका र युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने बताइएको छ । विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ६ करोडभन्दा बढी बालबालिका र युवा माझ पुगिसकेको राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष (जीएमडब्ल्यू) विश्वभर मनाउने गरिएको छ ।
प्रतिक्रिया