काठमाडौं - कुमारी बैंक लिमिटेडले ८१ हजार ८४४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले हाल विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी यी सेयर बिक्रीमा राखेको हो।
सेयर किन्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले आगामी ३५ दिन भित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ। सो सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ।
तोकिएको सयमसीमा भित्र बैंकका विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जानकारी दिएको छ।
प्रतिक्रिया