काठमाडौं - स्वरोजगार लघुवित्तको एफपीओमा २ अर्ब ३४ करोड ६२ लाख ९८ हजार रुपैयाँ बरबरको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङका अनुसार कम्पनीको एफपीओमा आज अन्तिम दिन साँझसम्ममा १ अर्ब ८९ करोड ३७ लाख १६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । उक्त एफपीओमा १८ लाख ८२ हजार ४२२ जना आवेदकहरूले २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन ११९.८५ गुणा बढी हो ।
लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्काशन गरेको हो। लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया