नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

आइतबार, २५ फागुन २०८१, १० : ३२

काठमाडौं - नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०\८१ का लागि लाभांश घोषणा गरेको छ । 

कम्पनीको फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रायोजनार्थ) गरी कुल १५.०७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।
 

आइतबार, २५ फागुन २०८१, १० : ३२

प्रतिक्रिया