एकैदिन ५ अर्बले बढ्यो बैंकिङ निक्षेप, कर्जा लगानी कति ?

आइतबार, २५ फागुन २०८१, १६ : ४४

काठमाडौं - बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकैदिन ५ अर्ब रुपैयाँले बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार फागुन २१ गते बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ५ अर्ब रुपैयाँले बढेको हो।  

फागुन २० गतेको तथ्यांक अनुसार, कुल बैंकिङ निक्षेप ६७ खर्ब ४० अर्ब रुपैयाँ रहेकोमा, भोलिपल्ट सोही दिनमा ६७ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ। यसरी एक दिनमा ५ अर्ब रुपैयाँको वृद्धि भएको छ।

वाणिज्य बैंकहरूको निक्षेप संकलनमा पनि वृद्धि देखिएको छ। २० गते वाणिज्य बैंकहरूले ६० खर्ब १५ अर्ब रुपैयाँ संकलन गरेका थिए भने, भोलिपल्ट ६० खर्ब २० अर्ब रुपैयाँ संकलन गरिएको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ।

यसका साथै, कर्जा प्रवाहमा पनि वृद्धि भएको छ। २० गते ५४ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा, भोलिपल्ट कर्जा प्रवाह बढेर ५४ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ। वाणिज्य बैंकहरूले अघिल्लो दिन ४८ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा, २१ गते सो राशी ४८ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ।

सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९।५४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

आइतबार, २५ फागुन २०८१, १६ : ४४

प्रतिक्रिया