नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडेद्वारा शपथ ग्रहण

सोमबार, २६ फागुन २०८१, १५ : २५

काठमाडौं - नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेको गभर्नरसमक्ष शपथ ग्रहण गरेका छन् । 

उनी बैंकको गत मंगलबार बसेको सञ्चालक समितिको ६१७ औँ बैठकबाट अध्यक्ष चयन भएका हुन् ।  पाँडेले प्रचलित कानुन तथा नियमानुसार सोमबार नेपाल राष्ट्र बैंकमा एक कार्यक्रमबिच गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र तथा नेपाल राष्ट्र बैंकका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

सोमबार, २६ फागुन २०८१, १५ : २५

प्रतिक्रिया