विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड हुने राइड हेलिङ एप बन्यो ‘इन्ड्राइभ’

मंगलबार, २७ फागुन २०८१, ११ : ५६

काठमाडौं - काठमाडौं - ४८ देशहरूमा सञ्चालन भइरहेको ग्लोबल मोबिलिटी र अर्वान सर्भिस प्लेटफर्म इनड्राइभ फेरि एक पटक विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको राइड-हेलिङ एप हुन सफल भएको छ । 

२०२४ मा लगातार तेस्रो वर्ष आफ्नो प्रभावशाली वृद्धिको गति कायम राखेको सेन्सर टावर फर्मले उल्लेख गरेको छ । इनड्राइभले ट्राभल र नेभिगेसन क्याटोगरीमा नेपालमा नम्बर १ स्थान प्राप्त गरेको छ, जसले बजारमा आफ्नो बलियो उपस्थिति र बढ्दो लोकप्रियतालाई सुदृढ बनाउँदै आएको छ । यो नेपालमा डाउनलोड संख्याको आधारमा अग्रणी राइड-हेलिङ एप बनेको हो ।

इनड्राइभले ट्राभल र नेभिगेसन श्रेणीमा विश्वव्यापी रूपमा पाँचौँ सबैभन्दा धेरै डाउनलोड गरिएको एपको रूपमा पनि स्थान पायो ।इनड्राइभ एप २०२४ को डिसेम्बर महिनामा मात्रै ६१ लाख भन्दा बढी पटक डाउनलोड गरिएको थियो । पियर-टु-पियर मूल्य निर्धारण मोडेलको साथ, इनड्राइभले विश्वका ८८८ सहरहरूमा उत्कृष्ट सवारीहरूको लागि उचित मूल्य प्रदान गर्दै आएको छ साथै चालकहरूको लागि उचित कमाइका अवसरहरू प्रदान गरेको छ ।

गत वर्ष, इनड्राइभले चालकहरूलाई मद्दत गर्नका लागि ऋण दिने कार्यलाई अझ बढी पहुँचयोग्य बनाउन मेक्सिको र कोलम्बियामा आफ्नो वित्तीय सेवा “इनड्राइभ।मनी”को परीक्षण सुरु गरेको थियो । इनड्राइभ.मनी सन् २०३० सम्ममा कम्तीमा १ अर्ब मानिसहरूको जीवन सुधार गर्ने इनड्राइभको व्यापक मिशनसँग मेल खान्छ, र यो सेवालाई यस वर्षको अन्त्यमा थप बजारहरूमा विस्तार गर्ने तयारी गरिएको छ ।

यसका साथै, इनड्राइभ सन् २०२४ मा यात्रा श्रेणीमा नेपाल, इजिप्ट, मोरक्को, पनामा र जमैका सहित ११ बजारहरूमा डाउनलोड संख्याको आधारमा अग्रणी राइड-हेलिङ एप भएको थियो । राइड-हेलिङ र वित्तीय सेवाहरूको अतिरिक्त, इनड्राइभले सिटी टू सिटी, फ्रेट, कुरियर, र डेलिभरी सेवाहरू प्रदान गर्दछ ।

मंगलबार, २७ फागुन २०८१, ११ : ५६

प्रतिक्रिया