जोय स्टोर र माछापुच्छ्रे बैंकबीच सम्झौता

मंगलबार, २७ फागुन २०८१, १२ : ४७

काठमाडौं - नेपालमा आईफोनको आधिकारिक विक्रेता जोय स्टोर र माछापुच्छ्रे बैंकबीच सम्झौता भएको छ । नेपालमा आईफोन निर्माता कम्पनी एप्पलका उत्पादन खरिद बिक्री सम्बन्धमा दुई संस्थाबिच सम्झौता भएको हो । 

उक्त सम्झौतामा जोय स्टोरका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक श्री गुरुदत्त शर्मा र माछापुच्छ्रे बैंकका तर्फबाट शाखा कार्यालय न्युरोड, काठमाडौंका शाखा प्रमुख श्री निशेष केसीले एक कार्यक्रम गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार नेपालमा आईफोनको आधिकारिक बिक्रेता जोय स्टोरबाट एप्पलका समान खरिदमा माछापुच्छ्रे बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकहरूले छुट सुविधा लिन सक्नेछन् ।

जोय स्टोरका अनुसार उक्त छुट एप्पलका उप्पादनहरुमा माछापुच्छ्रे बैंक लिमिटेडका कर्मचारी एवम् सेवाग्राहीहरूलाई अधिकतम २० प्रतिशतसम्म छुट पाउनेछन् । माछापुच्छ्रे बैंक लिमिटेडका कर्मचारी एवम् सेवाग्राहीहरूलाई सरल र सुलभ मूल्यमा एप्पलका उत्पादन उपलब्ध गराउनका लागि उक्त सम्झौता गरिएको जोय स्टोरका प्रबन्ध निर्देशक श्री गुरुदत्त शर्माले जानकारी दिए ।

उक्त छुटका लागि कर्मचारी तथा बैंकका ग्राहकहरूले खाता भएको प्रमाण पुग्ने कागजपत्र देखाउनु पर्नेछ, उनले भने, सोही आधारमा जोय स्टोरले छुटमा एप्पलका सामान उपलव्ध गराउनेछ । जोय स्टोर नेपालमा एप्पलका  उत्पादनहरु बिक्री गर्ने आधिकारिक बिक्रेता हो । जसले काठमाडौंमा ताम्राका कम्प्लेक्स र पोखराको महेन्द्रपुलबाट आधिकारिक रुपमा आईफोन लगायत एप्पलका उत्पादनहरू बिक्री गर्दै आएको छ ।

जोय स्टोरका प्रबन्ध निर्देशक शर्मा ताम्राकार मोबाईल व्यवसायी संघका अध्यक्ष समेत हुन् । नेपाली उपभोक्ताहरूलाई एप्पलका जेनुयन उप्पादनहरु उपलब्ध गराउने उद्देश्य अनुसार आफूले आधिकारिक बिक्रेताको रुपमा काम गर्दै आएको समेत उनले जानकारी दिए ।

जोय स्टोरले एप्पलका  उत्पादनहरु आईफोन, म्याकबुक, एप्पल बाच, एयरपड, हेडफोन र अन्य एसेसोरिजहरु बिक्री गर्दै आएको छ साथै जोय स्टोरले बिक्री गर्दै आईरहेको एप्पलका मोबाईलहरुमा २ वर्षको वारेन्टि, १ वर्षको इन्स्योरेन्स, म्याकबुकमा २ वर्षको वारेन्टि र एयरपडमा समेत २ वर्षको वारेन्टीको सुविधा दिइरहेको प्रबन्ध संचालक शर्माले जानकारी दिए ।

मंगलबार, २७ फागुन २०८१, १२ : ४७

प्रतिक्रिया