काठमाडौं - जापानी अटो निर्माता निसानका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माकोतो उचिदाले पदबाट राजीनामा दिने भएका छन् ।
निसान र होन्डाबीचको मर्जर वार्ता असफल भएपछि उनले यो निर्णय लिएको हुन् । कम्पनीले मंगलबार बोर्ड बैठक पछि आगामी मार्च ३१ देखि उचिदाले सीईओ पदबाट राजीनामा दिने बताएको छ।
उचिदाको राजीनामासँगै कम्पनीका अन्य वरिष्ठ अधिकारीहरूको पद परिवर्तन पनि भएको छ। निसानका प्रविधि प्रमुख कुनीओ नाकागुरोको स्थानमा ईइची अकासीलाई जिम्मेवारी दिइने निर्णय गरिएको छ।
यसैगरी, निसानका प्रमुख ब्रान्ड र ग्राहक अधिकारी असाको होशिनो र रणनीति तथा कर्पोरेट मामिला प्रमुख हिडेआकि वातानाबेले पनि राजीनामा दिने छन्। यी सबै परिवर्तनहरू मार्च ३१ देखि लागू हुनेछन्।
प्रतिक्रिया