सिन्धु विकास बैंकले पुनः बोलायो स्थगित साधारण सभा

विहीबार, २९ फागुन २०८१, १० : २०

काठमाडौं - सिन्धु विकास बैंक लिमिटेडले चैत ८ गते शुक्रवार पुनः साधारण सभा बोलाउने निर्णय गरेको छ। फागुन २८ गते भएको बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

यसअघि, बैंकले फागुन २८ गते साधारण सभा आयोजना गर्ने निर्णय गरेको थियो, तर गणपुरक संख्या नपुगेर सभा स्थगित भएको थियो। अब, सिन्धु विकास बैंकले पुनः चैत ८ गते काभ्रेपलाञ्चोक स्थित मिरावल रिसोर्टमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने जनाएको छ।

सभामा यसअघि समावेश गरिएका प्रस्तावहरू छलफल गरी पारित गरिनेछ।

विहीबार, २९ फागुन २०८१, १० : २०

प्रतिक्रिया