काठमाडौं - गरिमा विकास बैंक लिमिटेडले ३ लाख ४९ हजार ९८०.९५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
जसमध्ये २ लाख ५१ हजार ९५२.११ कित्ता सर्वसाधारणले र ९८ हजार २८.८४ कित्ता सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले खरिद गर्न सक्नेछन्। सेयर खरिद गर्न इच्छुकले काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।
सर्वसाधारणले आगामी १५ दिनभित्र र संस्थापक सेयरधनीले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको शेयर विवरण खुलाई आवेदन दिइसक्नु पर्नेछ।
प्रतिक्रिया