काठमाडौं - नेपाल एसबिआई बैंक लि र द रुबस होटेल प्रालि, धनगढी, कैलालीबीच बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी खाद्य तथा पेय पदार्थ र आवास सुविधामा १० ५ सम्म छुट दिने सम्झौता भएको छ ।
उक्त सम्झौता पत्र बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख, सन्तोष कुमार भण्डारी र द रुबस होटेल प्रालिका प्रबन्ध निर्देशक, प्रकाश भट्टले आदानप्रदान गरेका थिए । सो कार्यक्रममा बैंक तथा होटेलका अन्य पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो । नेपाल एसबिआई बैंक लि.ले विगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
प्रतिक्रिया