चैत महिनाका लागि बैंकहरूले तोके नयाँ ब्याजदर, कसको कति ?

विहीबार, २९ फागुन २०८१, ११ : १६

काठमाडौं - चैत महिनाका लागि पनि अधिकांश वाणिज्य बैंकहरूले ब्याजदर स्थिर राखेका छन् भने केहीले बढाएका छन् र केहीले घटाएका छन्।

फागुनको तुलनामा चैतमा मुद्दती निक्षेपको ब्याजदर अ‍ैसतमा ०.०८ प्रतिशतले घटेर ५.९३ प्रतिशत कायम भएको छ । औसतमा फागुनको लागि वाणिज्य बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर औसत ब्याजदर ६.०१ प्रतिशत निर्धारण भएको थियो । 

ग्लोबल आइएमई बैंक, कुमारी बैंक र सिटिजन्स बैंकले आफ्नो व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा वृद्धि गरेका छन्। ग्लोबल आइएमई बैंकले ब्याजदरलाई ५.७५ प्रतिशतबाट ६ प्रतिशतसम्म बढाएको छ भने कुमारी बैंकले ५.३१ प्रतिशतबाट ६.०१ प्रतिशतमा वृद्धि गरेको छ। सिटिजन्स बैंकले पनि आफ्नो ब्याजदरलाई ५.५ प्रतिशतबाट ५.८५ प्रतिशतसम्म बढाएको छ।

त्यसैगरी, हिमालयन बैंक र नेपाल बैंकले आफ्नो ब्याजदर घटाएका छन्। हिमालयन बैंकले ६.२५ प्रतिशतबाट ५.५ प्रतिशतमा घटाएको छ भने नेपाल बैंकले ५.६० प्रतिशतबाट ५.५० प्रतिशतमा घटाएको छ।

राष्ट्रियस्तरका विकास बैंकहरु भने आफ्नो ब्याजदरमा कुनै परिवर्तन नगरी फागुनको ब्याजदरलाई चैतमा पनि निरन्तरता दिएका छन्। मुक्तिनाथ, गरिमा, कामना सेवा, ज्योति, शाइन रेसुंगा, लुम्बिनी र सांग्रीला विकास बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा ६.५ प्रतिशत ब्याज दिइरहेका छन्।

यसका साथै, वाणिज्य बैंकहरु एनआईसी एसिया, एभरेष्ट, प्रभु, सानिमा, माछापुच्छ्रे र एनएमबीले पनि फागुनको अधिकतम ब्याजदरलाई चैतमा निरन्तरता दिएका छन्।

विहीबार, २९ फागुन २०८१, ११ : १६

प्रतिक्रिया