काठमाडौं - जापानी ग्लोबल अटोमोटिभ जाइन्ट टोयोटाले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ। कम्पनीले भारतमा सुजुकीसँग मिलेर सार्वजनिक गरेको अर्वान क्रुजरपछि युरोपबाट सी-एचआर ईभी सार्वजनिक गरेको हो ।
सी-एचआर युरोपमा सार्वजनिक गरिएको हो र यसको उद्देश्य इलेक्ट्रिक गाडीको क्षेत्रमा टोयोटाको उपस्थिति थप बलियो बनाउनु हो। टोयोटाले यस इलेक्ट्रिक एसयूभीलाई दुई फरक ब्याट्री अप्सनमा उपलब्ध गराउने बताएको छ। कम्पनीको दाबी अनुसार, यस गाडीको सिंगल चार्जमा ६०० किलोमिटर सम्मको रेंज रहनेछ। यसमा ५७.७ किलोवाट र ७७ किलोवाट आवर क्षमताका ब्याट्रीहरू उपलब्ध हुनेछन्।
टोयोटाले सी-एचआर मा फ्रन्ट ह्वील ड्राइभ र अल ह्वील ड्राइभ अप्सन प्रस्तुत गरेको छ। यसको फ्रन्ट ह्वील ड्राइभमा १२५ किलोवाटको मोटर र अल ह्वील ड्राइभ अप्सनमा २५५ किलोवाटको मोटर राखिएको छ, जसले गाडीलाई उच्च प्रदर्शन दिने विश्वास गरिएको छ।
यो एसयूभी टोयोटाको टीएनजीए प्लेटफर्ममा बनाइएको छ र यसको लम्बाइ ४५२० एमएम र ह्वीलबेस २७५० एमएम रहेको छ, जसले यसलाई अर्वान क्रुजर भन्दा केही ठूलो बनाउँछ। यसमा ११ र २२ किलोवाटका एसी चार्जर र १५० किलोवाटको डिसी फास्ट चार्जर सपोर्ट उपलब्ध हुनेछ, जसले छिटो चार्ज गर्न मद्दत गर्नेछ।
टोयोटाले यस गाडीको क्याविनलाई पनि निकै फिचर लोडेड बनाएको छ। यसमा १४ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, एम्बीयन्ट लाइट, पानारोमिक सनरुफ, लेदर सिट र टोयोटाको सेफ्टी सेन्स फिचर रहेको छ।
प्रतिक्रिया