काठमाडौं- सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडका ग्राहकहरुलाई एटीएमबाट पैसा निकाल्न सास्ती खेप्नुपरेको गुनासो बढेको छ । एटीएममा पैसा निकाल्न जाँदा पैसा ननिस्किने तर एकाउन्टबाट रकम काटिएको म्यासेज आउँदा सर्वसाधारण हैरानीमा परेका छन् ।
शुक्रबार नयाँ बानेश्वरस्थित बैंकको शाखा कार्यालयमा रहेको एटीएममा पैसा निकाल्न पुगेकाहरुले पैसा ननिस्किने तर पैसा काटिएको म्यासेज आउने समस्या भोग्नु परेको गुनासो गरेका छन् । उनीहरुले रकम निकाल्दा प्राविधिक समस्या देखाएर पैसा नआएको तर एकाउन्टबाट रकम भने काटिएको बताए ।
यस विषयमा नेपाल बैंकका प्रवक्ता होमबहादुर खड्कालाई सम्पर्क गर्दा उनले आज बैंकको सिस्टममा समस्या आएको बताए । यसको समाधानका लागि प्रयास भइरहेको उनले जनाए । उनले एटीएमबाट नआएको तर एकाउन्टबाट काटिएको रकम बैंकिङ सिस्टमबाटै स्वतः फिर्ता हुने बताए ।
प्रतिक्रिया