प्रभु बैंकद्वारा मुक्तिनाथ मन्दिरमा भीम युपिआई सेवा शुभारम्भ

शुक्रबार, ०१ चैत्र २०८१, १५ : २९

काठमाडौं - प्रभु बैंकले मुक्तिनाथ मन्दिरमा भीम युपिआई सेवा शुभारम्भ गरेको छ। यस समारोहको प्रमुख अतिथिका रूपमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अवधकारी उपस्थित थिए।

अब भारतीय नागरिकहरूले आफ्ना बैंक खाताबाट भीम युविआईमार्फत क्युआर स्क्यान गरी मुक्तिनाथ मन्दिरमा भेटी, दान, दविणा र अन्य भुक्तानी सहज रूपमा गर्न सक्नेछन्। यसले मुक्तिनाथ मन्दिरमा आएका भारतीय भक्तजनहरूलाई डिजिटल माध्यमबाट सरल, सुरक्षित र शीघ्र भुक्तानी गर्ने सुविधा प्रदान गर्ने छ। यससँगै नेपाल र भारतको वित्तीय सहकार्यलाई अझ मजबुत बनाउन महत्त्वपूर्ण कदम रहेको जनाइएको छ।

समारोहमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, मुनि सापकोटा, नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख दीपक रावल, प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख, स्थानीय प्रशासनका प्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका सदस्य, बैंकका उच्च अधिकारीहरू र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अवधकारीले पनि भीम युपिआई सेवाले वित्तीय समावेशीकरणलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्दै यसलाई सबैका लागि सरल र सुरक्षित बनाउने पहलहरू गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रभु बैंकले नेपालभर ३१२ शाखा र ६७ एक्सटेन्सन काउन्टरमार्फत उत्कृष्ट वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ। बैंकका प्रवर्तकहरूले नेपाल-भारत वित्तीय सम्बन्धलाई अझ मजबुत बनाउन डिजिटल भुक्तानी सेवामा अग्रसर रहेको बताएका छन्।अब भारतीय नागरिकहरू मुक्तिनाथ मन्दिरमा भीम युपिआई सेवामार्फत सहज र सुरक्षित भुक्तानी गर्न सक्नेछन्।

शुक्रबार, ०१ चैत्र २०८१, १५ : २९

प्रतिक्रिया