क्रेष्ट माइक्रो लाइफको आइपीओ मंगलबार बाँडफाँट हुने

आइतबार, ०३ चैत्र २०८१, १६ : ५०

काठमाडौं - क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपीओ) मंगलबार ९चैत ५ गते बाँडफाँट हुने भएको छ।

बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार मंगलबार बिहान ८:३० बजे काठमाडौंको लाजिम्पाटस्थित कम्पनी कार्यालयमा आइपीओ बाँडफाँटको प्रक्रिया सुरु हुनेछ। कम्पनीको आइपीओमा  मागभन्दा १३.२७ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।

कम्पनीको आइपीओ १ लाख ८४ हजार ५०० जनाले मात्र सेयर पाउनेछन्, भने बाँकी १८ लाख ६४ हजार ३८ जनाको हात खाली रहनेछ।

कम्पनीले फागुन २२ गतेदेखि २६ गतेसम्म १०० रुपैयाँका दरमा १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको थियो। यसमा, २ लाख २५ हजार कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिएको छ।

त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

आइतबार, ०३ चैत्र २०८१, १६ : ५०

प्रतिक्रिया