मुद्दति निक्षेपमा १ अर्ब १५ करोड लगानी गर्दै राष्ट्र बैंक

सोमबार, ०४ चैत्र २०८१, ११ : ५३

काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा १ अर्ब १५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले  बैंक तथा वित्तीय संस्थाहरुमा सो रकम लगानी गर्ने जनाएको हो। 

राष्ट्र बैंक उत्पादन तथा पेन्सन कोषको रकम मुद्दती निक्षेपमा राख्नका लागि बैंकहरुलाई प्रस्ताव आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूमा ९२ करोड रुपैयाँ, राष्ट्रिय स्तरका विकास बैंकहरूमा १७ करोड २५ लाख रुपैयाँ र वित्त कम्पनीहरूमा ५ करोड ७५ लाख रुपैयाँ लगानी गरिनेछ।

यस निक्षेपका लागि चैत ५ गते साँझ ७ बजेसम्म बैंक तथा वित्तीय संस्थाहरूले आ–आफ्नो ब्याजदर प्रस्ताव पेश गर्न सक्ने व्यवस्था गरिएको छ। राष्ट्र बैंकका अनुसार ३६६ दिनको अवधिका लागि उक्त लगानी चैत १० गतेदेखि सुरु भई आगामी वर्षको चैत ९ गतेसम्म रहनेछ ।

सोमबार, ०४ चैत्र २०८१, ११ : ५३

प्रतिक्रिया