काठमाडौं - नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले आफ्नो 'कलरफुल एक्सचेन्ज' अभियान सुरु गरेको छ। यो अभियान देशभरका सिप्रदी शोरुमहरूमा जारी छ, जहाँ ग्राहकहरूले पुराना गाडीहरू साटेर टाटा मोटर्सका अत्याधुनिक प्रविधियुक्त इलेक्ट्रिक भेहिकल (ईभी) गाडीहरू प्राप्त गर्न सक्नेछन्।
एक्सचेन्ज क्याम्पमा सहभागी भएर ग्राहकहरूले इन्ट्री लेबलमा नेपालको सर्वाधिक रुचाइएको टियागो ईभी, कम बजेटमा एसयूभीको आनन्द दिने पन्च ईभी, अझै धेरै यात्रा गर्नेहरूको लागि नेक्सन के३ ईभी र प्रिमियम एसयूभी कुपे कर्भ ईभीमा आकर्षक डिलहरु पाउन सक्नेछन् ।
यस कलरफुल एक्सचेन्ज कार्यक्रममा गाडी किन्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, १ वर्षको सवारी कर, एसेसरिज र हरेक बुकिङमा आकर्षक गिफ्ट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
सो अवसरमा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेष्ट ड्राइभसमेत गर्ने मौका पाउनेछन् ।
प्रतिक्रिया