वाणिज्य बैंकहरूको निक्षेप ६० खर्ब नाघ्यो, शीर्षस्थानमा ग्लोबल आईएमई बैंक

मंगलबार, ०५ चैत्र २०८१, ११ : ४६

काठमाडौं - चालु आर्थिक वर्ष २०८१।०८२ को ८ महिनामा वाणिज्य बैंकहरुले निक्षेप संकलनमा सुधार गरेका देखिएको छ ।

नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले ६० खर्ब ३७ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा सबैभन्दा बढी निक्षेप संकलन बैंकमा ग्लोबल आईएमई बैंक रहेको छ । कम्पनीको निक्षेप ५।०७ प्रतिशतले बढेर ५ खर्ब ३३ अर्ब रुपैयाँ पुर्‍याएको छ ।

त्यस्तै, नबिल बैंकको ५ खर्ब ३अर्ब, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ खर्ब ५२ अर्ब, राष्ट्रिय वाणिज्य बैंकले ४ खर्ब ४७ अर्ब रुपैयाँ, कुमारी बैंक ३ खर्ब ५६ रुपैयाँ, लक्ष्मी सनराइजले ३ खर्ब ५० अर्ब, प्रभु बैंकले ३ खर्ब १२ अर्ब रुपैयाँ, नेपाल बैंकले ३ खर्ब ९ अर्ब रुपैयाँ, हिमालयन बैंकले ३ खर्ब ३ अर्ब रुपैयाँ, एनआईसी एशिया बैंकले २ खर्ब रुपैयाँ ९८ अर्ब  रुपैयाँ निक्षेप संकलन गरेको छ । 

यसैगरी एभरेष्ट बैंकले २ खर्ब ६७ अर्ब रुपैयाँ, एनएमबी बैंकले २ खर्ब ६६ अर्ब रुपैयाँ, कृषि विकास बैंकले २ खर्ब ५३ अर्ब रुपैयाँ, प्राइम कमर्सियल बैंकले २ खर्ब ४२ अर्ब, सिद्धार्थ बैंकले २ खर्ब ४६ अर्ब रुपैयाँ, सानिमा बैंकले २ खर्ब १५ अर्ब रुपैयाँ, सिटिजन्स बैंकले २ खर्ब १ अर्ब रुपैयाँ, नेपाल एसबीआई बैंकले १ खर्ब ८१ अर्ब रुपैयाँ माछापुच्छ्रे बैंकले १ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् 

यसैगरी, समिक्षा अवधिमा सबैभन्दा कम निक्षेप संकलन गर्ने वाणिज्य बैंकमा स्टान्डर्ड चार्टर्ड बैंक रहेको छ । बैंकले माघमा १ खर्ब २५ रूपैयाँमात्र निक्षेप संकलन गरेको छ ।
 

मंगलबार, ०५ चैत्र २०८१, ११ : ४६

प्रतिक्रिया