धरहराबाट २ करोड ३७ लाखभन्दा बढी रकम संकलन

मंगलबार, ०५ चैत्र २०८१, १३ : १४

काठमाडौं - धरहराबाट फागुन मसान्तसम्ममा दुई करोड रुपैयाँ बराबर रकम संकलन भएको छ ।

मंसिर ९ गतेदेखि धरहरा स–शुल्क सञ्चालनमा आएको धरहराबाट हालसम्ममा २ करोड ३७ लाख रकम संकलन भएको सहरी विकास मन्त्रालयले जनाएको छ । यो अवधिमा हालसम्म १ लाख ३० हजार भन्दा बढीले धरहरा भ्रमण गरेका छन् ।

संविधान दिवसको अवसरमा असोज ३ बाट खुला गरिएको धरहरा परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको थियो । गत मङ्सिर ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले शुल्क लिएर धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो । सो निर्णयसँगै मङ्सिर ९ गतेदेखि धरहरा स–शुल्क सञ्चालनमा आएको थियो ।
 

मंगलबार, ०५ चैत्र २०८१, १३ : १४

प्रतिक्रिया