हिमालयन बैंकको सञ्चालक पदमा आचार्य पुनः नियुक्त

बुधबार, ०६ चैत्र २०८१, ११ : १३

काठमाडौं - हिमालयन बैंक लिमिटेडको सञ्चालक पदमा सुनिता आचार्यलाई पुनः नियुक्त गरेको छ ।  सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने उनलाई पुनः  नियुक्त गरेको हो ।

बैंकका अनुसार आचार्यको सञ्चालक पदको कार्यकाल २०८१ साल चैत ४ गते समाप्त भएकाले रिक्त पद पूर्तिका लागि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा २ (ख), कम्पनी ऐन, २०६३ को दफा ८७ को उपदफा १(२) तथा बैंकको नियमावलीअनुसार निर्णय गरिएको हो।

यसै सम्बन्धमा, बैंकको सञ्चालक समितिको २३९औं बैठक २०८१ साल चैत ४ गते बसेको थियो। उक्त बैठकमा आचार्यलाई अर्को साधारण सभासम्मका लागि पुनः सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरिएको छ। आचार्य भने बनेपा नगरपालिका वडा नं. ९ का निवासी हुन्।
Screenshot_6-4

बुधबार, ०६ चैत्र २०८१, ११ : १३

प्रतिक्रिया