काठमाडौं - चालु आर्थिक वर्षको सात महिनामा वाणिज्य बैंकहरूले व्यक्तिगत घर निर्माणका लागि ३ खर्ब १८ अर्ब ८४ करोड ५८ लाख रुपैयाँ आवासीय कर्जा लगानी गरेका छन्। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.३६ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सात महिनामा बैंकहरुले ३ खर्ब ५ अर्ब ५२ करोड ६४ लाख रुपैयाँ आवासीय कर्जा दिएका थिए।
एनआइसी एशिया बैंकले व्यक्तिगत आवासीय कर्जा दिनेमा अग्रस्थानमा रहेको छ । बैंकले ५१ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रदान गरेको छ, जसमा गत आर्थिक वर्षको तुलनामा १६.०४ प्रतिशतको गिरावट आएको छ।
व्यक्तिगत आवासीय कर्जा दिने दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । बैकले व्यक्तिगत ३७ अर्ब ८४ करोड १४ लाख कर्जा प्रदान गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २८.१७ प्रतिशतले बढी हो । त्यस्तै, नबिल बैंकले २७ अर्ब ३० करोड ३९ लाख रुपैयाँ, र राष्ट्रिय वाणिज्य बैंकले २७ अर्ब २४ लाख रुपैयाँ कर्जा प्रदान गरेका छन्।
त्यस्तै, एभरेष्ट बैंक र लक्ष्मी सनराइज बैंकले भने आवासीय कर्जा व्यक्तिगत घर कर्जा प्रवाहमा गिरावट देखाएका छन्। एभरेष्ट बैंकको कर्जा १.२२ प्रतिशतले घटेर २२ अर्ब ७४ करोड पुगेको छ भने लक्ष्मी सनराइज बैंकको कर्जा ७.९९ प्रतिशतले घटेर १८ अर्ब रुपैयाँ पुगेको छ।
साथै, समीक्षा अवधिसम्ममा एनएमबि बैंकले १६ अर्ब ८८ करोड, सिद्धार्थ बैंकले १३ अर्ब ४७ करोड, प्रभु बैंकले १३ अर्ब ४० करोड, कुमारी बैंकले १२ अर्ब ६६ करोड, कृषि विकास बैंकले १० अर्ब, सिटिजन्स बैंकले १० अर्ब, सानिमा बैंकले ९ अर्ब ७१ करोड, र प्राइम बैंकले ८ अर्ब ४० करोड, सिद्धार्थ बैंक १३ अर्ब ४७ करोड, प्रभु बैंक १३ अर्ब ४० करोड रुपैयाँको कर्जा दिएको छ।
प्रतिक्रिया