काठमाडौं - एनएमबि बैंकको संस्थापक समूहको १ लाख २२ हजार १२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।
यो सेयर खरिदका लागि हाललाई बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै निवेदन दिन पाउनेछन्। सेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा पेस गर्न सकिने बैंकले जनाएको छ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट निवेदन नपरेको खण्डमा उक्त सेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिनेछ।
प्रतिक्रिया