काठमाडौं - चिनियाँ सवारी उत्पादक कम्पनी अन्तर्गतको विद्युतीय सवारी ब्रान्ड ओमोडा र जेइकोको नेपाल आएको १ वर्ष पूरा भएको छ। एसपीजी अटोमोबाइल्सले ओमोडा र जेइकोका विद्युतीय एसयूभीहरू नेपाली बजारमा भित्र्याएको थियो ।
ओमोडा ब्रान्ड नेपाल भित्रिएको १ वर्ष पुगेको अवसरमा एसपीजी अटोमोबाइल्सले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर सेलिब्रेसन गरेको हो। एक वर्षको अवधिमा कम्पनीले ८ सय ५० वटा ओमोडा र जेइकोको विद्युतीय एसयूभी बिक्री गर्न सफल भएको छ।
कार्यक्रममा एसपीजी अटोमोबाइल्सका कार्यकारी निर्देशक गौरव शारडाले भने,'हामीले ८ सय ५० भन्दा बढी ओमोडा र जेइकोका विद्युतीय कार बिक्री गरेर ग्राहकहरूको विश्वास जित्न सफल भएका छौँ। यो केवल बिक्री मात्र होइन, बिक्रीपछि प्रदान गरिएको उत्कृष्ट सेवा र चार्जिङ पूर्वाधारको पनि परिणाम हो।'
यस अवसरमा एसपीजी अटोमोबाइल्सले विशेष छुट योजना पनि घोषणा गरेको छ। ग्राहकहरूले ओमोडा र जेइकोका विद्युतीय एसयूभी खरिद गर्दा ५ लाख १५ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्। यसमा ३ लाख रुपैयाँ नगद छुट र २ लाख १५ हजार रुपैयाँ बराबरको एसेसरिज, एक वर्षको इन्स्योरेन्स, निःशुल्क ७ किलोवाट चार्जर र रोड ट्याक्स समावेश छ। कम्पनीले ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी पनि प्रदान गर्ने जनाएको छ। यो विशेष छुट योजना ३१ मार्चसम्म उपलब्ध हुनेछ।
एसपीजी अटोमोबाइल्सले ओमोडा र जेइकोका विद्युतीय एसयूभीको नेपाली बजारमा सफलता हासिल गरेको छ। हाल कम्पनीले १७ वटा शोरुम र सर्भिस सेन्टर देशभर संचालन गर्दैछ, र ३० भन्दा बढी डीसी फास्ट चार्जिङ नेटवर्क स्थापना गरेको छ। कम्पनीले भविष्यमा १ सय डीसी फास्ट चार्जरको लक्ष्य राखेको जनाएको छ।
एसपीजी अटोमोबाइल्सले आगामी महिनामा जेइको ब्रान्ड अन्तर्गत दुई नयाँ विद्युतीय एसयूभी मोडल, जे फाइभ र भी२३, ल्याउने तयारी गरेको छ। विशेष छुट योजना ३१ मार्चसम्म जारी रहनेछ, र यसका लागि इच्छुक ग्राहकहरूलाई एसपीजी अटोमोबाइल्सका शोरुममा सम्पर्क गर्न अनुरोध गरिएको छ।
प्रतिक्रिया