नेरुडे मिर्मिरे लघुवित्तले लाभांश वितरण नगर्ने

शुक्रबार, ०८ चैत्र २०८१, ११ : ५३

काठमाडौं - नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षका लागि सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। 

संस्थाको २०७८ चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले विगत आर्थिक वर्षको वित्तीय अवस्था मूल्यांकन गर्दै यस वर्ष लाभांश नबाँड्ने निर्णय गरेको हो। सञ्चालक समितिको बैठकले २०८१ असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८०\८१ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरूलाई स्वीकृति प्रदान गरेको छ। 

साथै, ती विवरणहरूको अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय समेत बैठकले गरेको छ।
 

शुक्रबार, ०८ चैत्र २०८१, ११ : ५३

प्रतिक्रिया