रोयल इनफिल्ड हिमालयन ४५० मोटरसाइकल एकैपटक १२ युनिट डेलिभरी

शुक्रबार, ०८ चैत्र २०८१, १५ : ३३

काठमाडौं - रोयल इनफिल्ड हिमालयन ४५० मोटरसाइकलको एकै पटक १२ युनिट डेलिभरी गरिएको छ। नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले किङफिसर एड्भेन्चर प्रालिलाई आज एक विशेष कार्यक्रमका माध्यमबाट यी मोटरसाइकल हस्तान्तरण गरेको हो।

कार्यक्रममा अल्फा अटोमोटिभका निर्देशक मेधराज पौडेल र किङफिसर एड्भेन्चरका प्रतिनिधिहरू उपस्थित थिए। किङफिसर एड्भेन्चर कम्पनीले नेपालका विभिन्न पर्यटन क्षेत्रहरूसँग सम्बन्धित गतिविधिहरू सञ्चालन गर्दै आएको छ र अब उनीहरूले एड्भेन्चर राइड र मोटरसाइकल रेन्टल सेवाका लागि रोयल इनफिल्ड हिमालयन ४५० खरिद गरेका छन्।

अल्फा अटोमोटिभका अनुसार, हिमालयन ४५० को मूल्य ९ लाख ८९ हजारदेखि १० लाख ३९ हजार रुपैयाँको बीचमा रहेको छ, जुन यसको भेरियन्ट अनुसार फरक पर्छ। कम्पनीका अनुसार, हिमालयन ४५० मा ४५२ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड, ४ भल्भ इन्जिन प्रदान गरिएको छ। यस इन्जिनले ८००० आरपीएममा ४०.२ पीएस पावर र ५५०० आरपीएममा ४० एनएम टर्क उत्पादन गर्दछ, जसले यस मोटरसाइकललाई शक्तिशाली र सक्षम बनाउँछ।

रोयल इनफिल्ड हिमालयन ४५०ले नेपालमा एड्भेन्चर राइडरहरूको लागि एक उत्कृष्ट विकल्प प्रस्तुत गरेको छ। कम्पनीको दाबी अनुसार, यस इन्जिनको क्षमता र टर्कले लामो दूरी र चुनौतीपूर्ण बाटोमा पनि सहज र प्रभावकारी यात्रा सुनिश्चित गर्दछ।

शुक्रबार, ०८ चैत्र २०८१, १५ : ३३

प्रतिक्रिया