काठमाडौं- सप्तरीको सदरमुकाम राजविराजमा कामना सेवा विकास बैंकले ‘ग्लोवल मनी विक’ को तेह्रौं संस्करणको अवसरमा शुक्रवार कलेजका विद्यार्थीलक्षित वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।
स्थानीय क्षितिज एजुकेशन कलेजको ५५ जना विद्यार्थीको सहभागितामा बैंकद्वारा सो कार्यक्रमको आयेजना गरिएको हो ।
राष्ट्रबैंकको नीति र योजना अनुसार वित्तिय सचेतना अभिवृद्धिमा सहयोग पु¥याउने, विद्यार्थीलाई वित्तिय सेवा प्रदायक संस्थाका गतिविधि’ जानकारी दिने र लगानीका क्षेत्र सही जानकारी गराउने उद्देश्यका साथ यस्तो कार्यक्रमको आयोजना गरिएको शाखा प्रबन्धक सूर्यनारायण मुखियाले जानकारी दिए । ‘ग्लोवल मनी विक’ मुलतः किशोर किशोरी तथा युवा युवतीमा वित्तिय शिक्षाको महत्व’ जागरण ल्याउने उद्देश्य रहेको उनको भनाई छ ।
कार्यक्रममा शाखा प्रबन्धक मुखियाका साथै शाखाका समन्वय प्रबन्धक प्रशान्त भगत, रत्न यादव कलेजका संचालक सदस्य केशव झा, प्राध्यापक राजदेव यादव लगायतले वित्तिय शिक्षाको महत्व र वित्तिय सेवाका आधारभूत पक्षको बारेमा विद्यार्थीहरुलाई ज्ञान बाँडेका थिए ।
प्रतिक्रिया