मानुषी लघुवित्तको साधारणसभा आज बस्दै

आइतबार, १० चैत्र २०८१, १० : ०१

काठमाडौं - मानुषी लघुवित्तको वार्षिक साधारण सभा आज बस्दैछ । मानुषी लघुवित्तको छैंठौं वार्षिक साधारण सभा भने होटल भ्यू, भक्तपुरमा बिहान १०:३० बजे सुरु हुनेछ।

यस सभामा कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश नगर्ने भएको छ। यद्यपि, सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसनसम्बन्धी कार्य गर्न तथा प्रबन्ध पत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि प्रस्तुत हुनेछ।

साथै, आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान हिसाब सम्बन्धी छलफल हुनेछ। आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ। कम्पनीले फागुन २५ गते बुक क्लोज गरिसकेको छ, त्यसैले फागुन २४ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्।

आइतबार, १० चैत्र २०८१, १० : ०१

प्रतिक्रिया