बैंकिङ प्रणालीमा अधिक तरलता, २० अर्ब खिच्दै राष्ट्र बैंक

आइतबार, १० चैत्र २०८१, १० : ५९

काठमाडौं -  बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ।

राष्ट्र बैंकले आज फेरि बैंकिङ प्रणालीबाट एकै पटक २० अर्ब अर्ब रुपैयाँ तान्ने भएको छ । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।  इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । जसको साँवा तथा ब्याज भुक्तानी चैत ३१ गते हुनेछ । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनमा सहभागिता जनाउन सक्ने छन् ।
 

आइतबार, १० चैत्र २०८१, १० : ५९

प्रतिक्रिया