अप्रिलबाट सबै भारतीय कार उत्पादकले मूल्य बढाउने

आइतबार, १० चैत्र २०८१, १२ : ०८

काठमाडौं- अप्रिल १ बाट अधिकांश भारतीय कार उत्पादकले मूल्य बढाउने भएका छन् ।

भारतमा कार उत्पादन गर्ने मारुती सुजुकी, हुन्डाई, टाटा, किया, महिन्द्रा, किया, रेनो, होण्डा लगायतका कम्पनीले अप्रिल १ तारिखबाट मूल्य बढाउने भएका हुन् ।

मारुती सुजुकीले ४ प्रतिशतले कारको मूल्य वृद्धि गर्ने भएको छ । कम्पनीले सेलेरियो, ब्रेजा, अल्टो के–१० लगायतका मोडलको मूल्य बढाउने भएको हो ।

महिन्द्राले आफ्ना एसयूभीको मूल्य ३ प्रतिशतले वृद्धि गर्ने भएको छ । कम्पनीले थार, स्कर्पियो एन, बलेरो, एक्सयूभी ७०० लगायतका मोडलको मूल्य वृद्धि गर्ने जनाएको छ ।

टाटा मोटर्सले आफ्ना सबै कारको मूल्य बढ्ने जनाएको छ । तर, कुन मोडलमा कति बढ्ने भन्ने बारे जानकारी दिएको छैन । 

हुन्डाईले क्रेटा, भर्ना, भेन्यू र टुसान मोडलमा मूल्य ३ प्रतिशत, कियाले सेल्टोस, सोनेट, कारेन्स मोडलमा ३ प्रतिशत र रेनोले भारतमा उत्पादन गर्ने ट्राइबर, काइगर, क्वीडको २ प्रतिशत मूल्य बढाउने भएको हो ।

होन्डा पनि अमेज, सिटी, एलिभेट जस्ता मोडलको मूल्य वृद्धि गर्ने तयारीमा छ । 

आइतबार, १० चैत्र २०८१, १२ : ०८

प्रतिक्रिया