सिन्धु विकास बैंकले हकप्रद शेयर निष्काशन गर्ने

आइतबार, १० चैत्र २०८१, १३ : १२

काठमाडौं– सिन्धु विकास बैंकले हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

बैंकको १४औँ र १५ औँ वार्षिक साधारणसभाले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेसँगै हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले चुक्ता पुँजीको २ः१ (प्रत्येक २ मा १ शेयर दिने) हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव रहेको थियो । तर कम्पनीले चुक्ता पुँजीको १ः१.१६ (प्रत्येक १ शेयरमा १.१६ हकप्रद शेयर दिने) निर्णय गरेको छ ।

आइतबार, १० चैत्र २०८१, १३ : १२

प्रतिक्रिया