काठमाडौं- महालक्ष्मी विकास बैंकद्वारा “नेपाल दसैं अभियान २०२४” को विजेताहरु घोषणा गरेको छ । बैंकले डिजिटल बैंकिङको प्रवर्धन तथा डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्धेश्य अनुरुप अभियान सञ्चालन गरेको थियो ।
बैंकले अभियानअन्तर्गत महालक्ष्मी भिसा कार्ड मार्फत कारोबार गर्ने विजेताहरु घोषणा गरेको हो । अभियानका विजेताहरुमा नारायण कार्की र सन्तोष ध्वज कार्की रहेका छन् । विजेताहरुहरुले माल्दिभ्सको बाली वा श्रीलंकाको कोलम्बो मध्ये कुनै एक स्थानको विशेष भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन् ।
नेपालभर बाट उक्त अभियानमा ग्राहकहरुको उल्लेख्य सहभागिता रहेको थियो । अभियानबाट ग्राहकहरुको नविनतम भुक्तानीका माध्यमहरुको प्रयोग गर्ने चाहानालाई थप अभिवृद्धि गर्न सहयोग पु्ग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले हालै मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।
प्रतिक्रिया