मुक्तिनाथ विकास बैंकका ग्राहकले जिते बैंककको राउन्ड फ्लाइट ट्रिप टिकट

आइतबार, १० चैत्र २०८१, १५ : ३२

काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेडका एक भिसा डेबिट कार्डहोल्डर तिल प्रसाद पौडेलले दुई जनाको लागि को राउन्ड ट्रिप फ्लाइट टिकट जितेका छन् ।

यस वर्षको दशैं तिहारको उपलक्ष्यमा नगदरहित कारोबारलाई प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय भिसा नेटवर्कको सहकार्यमा भिसा कार्ड बहाकहरुबीच सञ्चालित विशेष अभियान अन्तर्गत यस बैंकका ग्राहकले भाग्यशाली विजेता भएर उक्त पुरस्कार प्राप्त गरेका हुन् । भिसा र बैंकले यस कार्यक्रमको सफलता र ग्राहकहरुको उत्साहलाई ध्यानमा राखेर भविष्यमा यस किसिमका अन्य आकर्षक अफरहरू ल्याउने बताएका छन् ।

साथै, बैंकले हालै जारी ग्लोबल मनी वीक अन्तर्गत देशका विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन तथा सो सम्बन्धी जागरण अभियान कार्यक्रमहरूमा भाग लिइरहेका छन् ।
 

आइतबार, १० चैत्र २०८१, १५ : ३२

प्रतिक्रिया