काठमाडौं - नेपालमा चालु आवको आठ महिनामा ९२ लाख ३३ हजार ०६६ बराबरको आल्मुनियम र आल्मुनियमका सामानहरू आयात भएका छन् । भन्सार विभागका अनुसार साउनदेखि फागुनसम्ममा १ लाख १२हजार १५६बराबरको निर्यात भएको छ ।
गत वर्षको सोही अवधिमा ९१ लाख ३६ हजार ४७४रुपैयाँ बराबरको आयात भएको थियो । गत वर्षको फागुन सम्ममा १५ हजार ७६३ बराबरको मात्र निर्यात भएको थियो ।
सरकारले यस आवको आठ महिनासम्ममा आल्मुनियमका सामानहरू आयात गर्दा १५ लाख १४ हजार ६६३ राजस्व प्राप्त गरेको छ । गत आवमा राज्य १७ लाख १ हजार ९सय बराबरको राजस्व संकलन गरेको थियो ।
प्रतिक्रिया