सानिमा बैंकद्वारा देशैभरि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

आइतबार, १० चैत्र २०८१, १६ : ५८

काठमाडौं - सानिमा बैंकले २०८१ चैत्र ४ देखि चैत्र १० गतेसम्म ग्लोबल मनि विक २०२५ अभियान अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

सातै प्रदेशमा रहेका बैंक शाखाहरू मार्फत यस वर्षका लागि तय गरिएको  “Think before you follow, wise money tomorrow”  नारा लाई टेवा पुर्‍याउने गरी विभिन्न स्कुल तथा कलेजहरूमा विद्यार्थीहरू माझ साताव्यापी वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरिएको छ ।

बैंकले विगतका वर्षहरूदेखि देशका सातै प्रदेशहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरू मार्फत युवा, महिला, उद्यमी तथा अन्य समुदायलाई लक्षित हुने गरी वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

सानिमा बैंकको सातै प्रदेशमा १३४ कार्यालयहरू र १२६ ए.टि.एम.हरू सञ्चालनमा छन् ।

आइतबार, १० चैत्र २०८१, १६ : ५८

प्रतिक्रिया