काठमाडौं - नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले वीरगन्जमा टाटा योद्धा १.५टी को क्षेत्रीय लन्च गरेको छ।
व्यावसायिक प्रयोजनका लागि डिजाइन गरिएको सो पिकअप अब वीरगन्जका ग्राहकहरूको लागि सहज रूपमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, पर्सा मदिरा व्यवसायी संघ अध्यक्ष चिनिलाल पटेललगायतको सहभागिता रहेको थियो ।
सो क्रममा बोल्दै अनिल अग्रवालले टाटा मोटर्सको विश्वव्यापी प्रतिष्ठा, सिप्रदीसँगको सशक्त साझेदारी तथा उत्कृष्ट बिक्रीपछिको सेवाहरूको प्रशंसा गरे । कार्यक्रममा बोल्दै सिप्रदीका कृष्ण चन्दले यो गाडीको टिकाउपन, उच्च भार बहन क्षमता र व्यावसायिक कुशलताका फाइदाहरू उल्लेख गरे ।
गाडीका विशेषताहरू:
-शक्तिशाली घी 3L (2956 CC) डिजेल इन्जिन –२५०Nmटर्क सहित
-१५०० किलोग्राम (1.5टन) सम्मको भार बहन क्षमता
-३०५ ग्रेडिएबिलिटी – अप्ठ्यारा बाटाहरू सहज पार गर्न सक्षम
-मजबुत बनावट, उच्च ग्राउन्ड क्लियरेन्स र आरामदायी ड्राइभिङ अनुभव
-४x२ तथा ४x४ विकल्पमा उपलब्ध
प्रतिक्रिया