काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सर्वोत्तम सिमेन्ट, शाइन रेसुंगा डेभलपमेन्ट बैंक र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।
सर्वोत्तम सिमेन्टको ३२ लाख ५५ हजार कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस वितरण गरेको थियो । सोही बोनस सेयर सूचीकृत भएको हो ।
यस्तै, शाइन रेसुंगा डेभलपमेन्ट बैंक १४ लाख २० हजार १०७.२९ कित्ता बोनस सेयर पनि सूचीकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ३ प्रतिशत बोनस वितरण गरेको थियो ।
मेरो माइक्रोफाइनान्सको ९ लाख ९० हजार बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ७.५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
प्रतिक्रिया